नेपाल राष्ट्र बैंक द्वारा कृप्टो करेन्सीको कारोबार नगर्न र गरेको पाइए कडा कारबाही गर्ने चेतावनी - २०७९ चैत्र २० गते

 

मिति २०७९ चैत्र २० गते ,
नेपाल राष्ट्र बैंक द्वारा कृप्टो करेन्सीको कारोबार नगर्न र गरेको पाइए कारबाहीको गर्ने कडा चेतावनी नेपाल राष्ट्र बैंकले मिति मा एक मा एक प्रेस विज्ञप्ति मार्फत पाँचौं पल्ट कुनै कृप्टो करेन्सी कारोबार गर्नु गैर कानूनीहो भन्दै यस्तो कारोबार गरेको पाइएमा कारबाही गर्ने कडा चेतावनी सहित को विज्ञप्ति जारी गरिएको छ । जसमा Cryptocurrency/Virtual Currency, Non-Fungible Token, Digital Asset, Decentralized Finance, Network Marketing तथा Hyper Fund लगायतको कारोवार गैरकानूनी रहेको जनाउदै राष्ट्र बैंकले चेतावनी सहित नेपाली सर्ब साधारणलाई ध्यानाकर्षण गरेको छ । 

राष्ट्र बैंकको जारि सूचना यस प्रकार छ ।

यस बैंकले Bitcoin कारोबार Cryptocurrency कारोबार र Virtual Currency / Cryptocurrency', Network Marketing तथा Hyper Fund अन्तर्गतको कारोबार व्यवसाय गैरकानूनी रहेको बारे क्रमश: मिति २०७४/०४/२९२०७८/०५/२४२०७८ १०/०९२२०७९/०४/३० मा सार्वजनिक सूचनाहरु प्रकाशन गरेको पुनः अवगत गराइएको छ ।


नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा Virtual Currency/Cryptocurrency (Stablecoins समेत), Non-Fungible Token (NFT), Digital Asset, Decentralized Finance (DeFi) ने कानूनी मान्यता नपाएकोनेपालमा कानूनी ग्राह्य (Legal Tender) नभएको नेपाल सरकारको जमानत प्राप्त नभएकोयस बैंकले निष्कासन समेत नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको र यस्तो कारोबारबाट विदेशमा लगानी हुने देखिएकोले Virtual Currency / Cryptocurrency (Stablecoins समेत), Non-Fungible Token (NET), Digital Asset Decentralized Finance (DeFi) को कारोबार विदेशी विनिमय (नियमित गर्ने) ऐन२०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन२०२१ बमोजिम गैरकानूनी रहेको छ। साथै, Virtual Currency / Cryptocurrency (Stablecoins समेत), Non-Fungible Token (NFT), Digital Asset, Decentralized Finance (DeFi), पिरामिडमा आधारित Network Marketing तथा Hyper Fund मा सम्पत्ति शुद्धीकरण तथा आतङकारी क्रियाकलापमा लगानी ठगीकर छलीलगानीको असुरक्षापुँजी पलायनमूल्यमा अस्थिरता एवम् उतार-चढावसट्टेबाजी आदि सम्बन्धी जोखिमहरु अन्तरनिहित हुने विषय समेत स्मरण गराइएको छ ।


अतः नेपालभित्र बसोबास गर्ने नेपाली नागरिक/फर्म/कम्पनी संस्था (विदेशी समेत) र नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपाल बाहिर रहेकाफर्मकम्पनी संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरुले विदेशमा लगानी हुने गरी कुनै पनि प्रकारका Virtual Currency/ Cryptocurrency (Stablecoins] समेत), Non-Fungible Token (NFT), Digital Asset, Decentralized Finance (DeFi), पिरामिडमा आधारित Network Marketing तथा Hyper Fund कारोबार गरे गराएको पाइएमा तथा सोको प्रयोग संनग्नता/ सदस्यता लगानी स्वामित्व ग्रहण स्थानान्तरण/ विप्रेषण/ विनिमय / Mining सम्बन्धी कार्य गर्ने / गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि विदेशी विनिमय (नियमित गर्ने) ऐन२०५९ को दफा १२ मे दिएको अधिकार प्रयोग गरी यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

नेपाल राष्ट्र बैंकको वेवसाइटमा सूचना प्रकाशन भएको मिति २०७२/१२/२०

धन्यवाद . 

Previous Post Next Post