अनलाईन सेयर कारोबार कसरी गर्ने निशुल्क सिक्नुहोस्। Nepse Demo TMS for Share Trading Educational Purpose


नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सम्भावित लगानीकर्तालाई प्राविधिक दक्ष, अभ्यस्त र सुसुचित गराउन धितोपत्रको दोस्रो बजारमा हुने अनलाईन धितोपत्रको कारोबार सिक्नको लागि निशुल्क भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम सिमुलेटर संचालनमा ल्याएको छ । 

नेप्सेले मिति २०७९ चैत्र १ गते एक प्रेस विज्ञप्ती जारि गर्दै अव देखि अनलाईन सेयर कारोबार सिक्नचाहानेहरुलाई नेप्सेको अनलाईन प्रणलीमा कसरी कारोबार हुन्छ ? भनेर ब्यावहारिक ज्ञान प्रदान गर्ने शैक्षिक प्रयोजनका लागि यो प्रणाली संचालनमा ल्याएको जनाएको छ भने प्रयोगकर्ताहरुले उत्त निशुल्क सेवा लिनको लागि आफ्नो ब्राउजरमा डेमोट्रेडिङ डट नेपालस्टक डट कम सर्च गरि यो प्रणली प्रयोगमा ल्याउन सक्नेछन् । 

प्रयोग कर्ताले यो सिमुलेटरमा प्रवेश गरी खरिद वा विक्री आदेश राखेपछी प्रणलीले नै प्रति आदेश काउन्टर अडर राखेर कारोबार सम्पन्न गराउनेछ । यसरी सेयर अनलाईन कारोबारको ब्यावहारीक शिक्षा लिन सकिनेछ साथै यस प्रविधिका कारण थप सेयर बजारमा नयाँ लगानि कर्ताको आकर्शन देखिने अनुमान लगाईएको छ ।


Watch YouTube Tutorial 

Previous Post Next Post