भन्सार एजेन्ट भनेको के हो ? बिस्तृत जानकारी -What is Customs Agent in Detailed? (Bhansar Agent Exam Class Episode 1)


 

भन्सार एजेन्टको लिखित परिक्षाको पाठ्यक्रम Written Exam Syllabus  खण्ड  १ (अंक भार ४०) अन्तराष्ट्रिय ब्यापार तथा भन्सार प्रकृया अन्र्तगतको १.९ सँग सम्वन्धीत भन्सार एजेन्ट सम्वन्धी विस्तृत जानकारीको प्रश्नोत्तरहरु

Download PDF : Click Here to Download

Watch on Youtube 

  

 

१.भन्सार एजेन्ट भनेको के हो ?
निकासी वा पैठारीको लागि भन्सारमा ल्याईएको मालवस्तु छुटाउन वा भन्सार कार्यालयसंग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेण्ट वा प्रतिनिधिको रुपमा काम गर्ने भन्सार विभाग वा भन्सार कार्यालयबाट इजाजतपत्र प्राप्त व्यक्तिलाई भन्सार एजेण्ट भनिन्छ ।

२.के भन्सार एजेण्ट मालवस्तुको धनी मानिन्छ ?
निकासी वा पैठारी सम्बन्धी कार्य गर्नको लागि मालवस्तुको धनीबाट अख्तियारी प्राप्त भन्सार एजेण्ट सो प्रयोजनको लागि मालवस्तुको धनी सरह मानिन्छ ।

३.भन्सार एजेण्टको इजाजत लिन के कस्तो प्रक्रिया अपनाउनु पर्दछ ?
भन्सार एजेण्टको इजाजत लिन चाहने व्यक्तिका लागि भन्सार विभागले समय समयमा सार्वजनिक सूचना प्रकाशन गरी दरखास्त आव्हान गर्दछ । एजेण्टका लागि तोकिएको योग्यता पुगेको व्यक्तिले निर्धारित ढाँचामा फाराम भरी तोकिए बमोजिमको शुल्क संलग्न गरी भन्सार विभाग वा भन्सार कार्यालयमा दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ

४.भन्सार एजेण्टका लागि तोकिएको योग्यता के के हुन् ?
१)  २१ वर्ष उमेर पुगेको
२)  स्नातक वा सो सरह उतिर्ण गरि कम्पुटर सम्बन्धी कम्तिमा ३ महिनाको आधारभूत तालिम लिएको
३)  नेपाल सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकी नभएको
कुनै फौजदारी अभियोगमा अदालतबाट कसुरदार प्रमाणित नभएको ।

५.भन्सार एजेण्टको छनौट प्रक्रिया के हुन् ?
लिखित र अन्तरवार्ता ।

६.भन्सार एजेण्टको इजाजतपत्र वापत के कति रकम बुझाउनु पर्दछ ?
-इजाजत दस्तुर ७००० वापत सात हजार रुपैया
-धरौटी वापत ७,००,००० सात लाख रुपैया नगद वा सो रकम वरावरको बैंक जमानत बुझाउनु पर्दछ ।

७.भन्सार एजेण्टको इजाजतपत्रको म्याद कति हुन्छ ?
एक आर्थिक वर्षसम्म कायम रहन्छ ।

८.भन्सार एजेण्टको इजाजतपत्र नवीकरण गर्न सकिन्छ/सकिदैन ? सकिने भए कस्तो प्रक्रिया छ ?
सकिन्छ । प्रत्येक आर्थिक वर्षका लागि सो आर्थिक वर्ष शुरु हुनु अगावै नवीकरण दस्तुर वापत सात हजार रुपैया तिरी आयकर तिरेको प्रमाण र बैंक जमानत भए इजाजतपत्र नवीकरण गराउन चाहेको अवधिसम्म म्याद भएको बैंक जमानत समेत राखि सम्वन्धित निकायमा निवेदन दिनु पर्दछ ।

९.एक भन्दा बढी आर्थिक वर्षको लागि भन्सार एजेण्टका इजाजतपत्र कायम राख्न सकिन्छ वा सकिदैन ?
सकिन्छ । तीन आर्थिक वर्षको निम्ति एकै पटक भन्सार एजेण्टका इजाजतपत्र नवीकरण दस्तुर एकमुष्ट तिरेर र बैंक ग्यारेन्टी भए सोही बमोजिम बैंक जमानतको म्याद भएको कागजात संलग्न गर्नु पर्दछ ।

१०.आर्थिक वर्ष शुरु हुनु अगावै नवीकरण गर्न नसक्नेको हकमा भन्सार एजेण्टको इजाजतपत्र नवीकरणको के व्यवस्था छ ?
आर्थिक वर्ष शुरु हुनु अगावै नवीकरण गर्न नसक्नेको हकमा म्याद समाप्त भएको मितिले एक वर्ष भित्र तीन हजार रुपैया थप शुल्क तिरी नवीकरण गरिसक्नु पर्दछ । सो म्याद भित्र समेत पनि नवीकरण नगराइएको इजाजतपत्र स्वतः रद्द हुने व्यवस्था छ ।

११.भन्सार एजेण्टको इजाजतपत्र रद्द भएपछि पुनः जगाउने कुनै व्यवस्था छ ?

शुरु देखिको प्रक्रियाको मार्ग
 
१२.भन्सार एजेण्टको इजाजतपत्र नवीकरण गर्ने प्रक्रियामा रहेको अवस्थामा भन्सार एजेण्टको हैसियत के हुन्छ ?
यस्तो अवस्थामा भन्सार एजेण्टको हैसियतले कुनै काम गर्न पाइदैन ।

१३.भन्सार एजेण्ट उपर गरिने दण्ड सजायको अतिरिक्त अन्य कारवाही पनि छ ?
छ । यस्तोमा
१) भन्सार एजेण्टलाई भन्सार अधिकृतले एक महिना देखि छ महिना सम्म निलम्वन गर्न सक्ने ।
२) यस्तो निलम्वनको कारवाहीमा तेश्रो पटकसम्म पनि परेमा भन्सार अधिकृतले निजको इजाजतपत्र रद्द गर्न सक्ने ।

१४.भन्सार एजेण्टको इजाजतपत्र निलम्वन वा रद्दका विरुद्ध सुनुवाईको व्यवस्था छ, छैन ?

छ । निलम्वन गर्नु अघि वा इजाजतपत्र रद्द गर्नु अघि निजलाई मनासिव माफिकको सफाई पेश गर्ने मौका प्रदान गरिन्छ ।
 
१५.निलम्वन अवधिको भन्सार एजेण्टको हैसियत के रहन्छ ?
निजले भन्सार सम्बन्धी कुनै काम गर्न पाउँदैन ।

१६.इजाजतपत्र रद्द गरिएको परिस्थितिले के असर पर्दछ ?
यसरी इजाजतपत्र रद्द गरिएको परिस्थितिमा त्यस्तो भन्सार एजेण्टले पुनः भन्सार एजेण्टको इजाजतपत्र प्राप्त गर्न सक्दैन ।
 
१७.निलम्वन वा इजाजतपत्र रद्द सम्बन्धी गरिएको निर्णय उपर निवेदन गर्न सक्ने व्यवस्था छ/छैन ?
छ । इजाजतपत्र निलम्वन वा रद्द वा जरिवाना गर्ने गरी निर्णय उपर चित्त नवुझे भन्सार एजेण्टले भन्सार विभागका महानिर्देशक समक्ष निवेदन दिन सक्ने व्यवस्था छ ।

१८.निलम्वन वा इजाजतपत्र रद्द सम्बन्धी गरिएको निर्णय उपर निवेदन दिने कुनै समयावधि तोकिएको छ ?
छ । त्यस प्रकारको निर्णय भएको मितिले पैतीस दिन भित्र निवेदन दिई सक्नु पर्दछ ।
 
१९.महानिर्देशकबाट कति समयमा निलम्वन वा इजाजतपत्र रद्द सम्बन्धी गरिएको निर्णय उपरको निवेदनमा निर्णय हुन्छ ?

त्यस्तो निवेदन उपर सामान्यतया तीस दिन भित्र निर्णय दिनुपर्ने व्यवस्था रहेको छ ।
 
२०.महानिर्देशकको निर्णय उपर चित्त नवुझेमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ ?

छैन । महानिर्देशकबाट तत्सम्बन्धमा गरिएको निर्णय अन्तिम हुन्छ ।

२१.भन्सार एजेण्टले आफ्नो अनुपस्थितिमा प्रतिनिधि राख्न सक्छ/सक्दैन ?
एक जना प्रतिनिधि राख्न पाउने व्यवस्था छ । तर त्यस्तो व्यक्तिको योग्यता भने भन्सार एजेण्टको लागि निर्धारण गरिएको योग्यता बमोजिम नै हुनु पर्दछ ।
 
२२.प्रतिनिधि राख्नको लागि/नियुक्त गर्नको लागि के कस्तो प्रक्रिया अपनाउनु पर्दछ ?
कुनै एक जना व्यक्तिलाई प्रतिनिधिको रुपमा नियुक्त गर्न चाहने भन्सार एजेण्टले भन्सार कार्यालयको प्रमुख समक्ष निवेदन दिनु पर्दछ । प्रमुखले सम्बन्धित एजेण्ट र प्रतिनिधि व्यक्तिलाई उपस्थित गराई आवश्यक अनुमति दिन सक्ने प्रावधान छ ।

२३.प्रतिनिधिको रुपमा नियुक्त गरिएको व्यक्तिले एक भन्दा बढी भन्सार कार्यालयमा एजेण्टको प्रतिनिधिको रुपमा काम गर्न पाउँछ/पाउँदैन ?
पाउँदैन ।

२४.एउटै भन्सार कार्यालयमा एकजना प्रतिनिधि नियुक्ति गरिसकेको अवस्थामा अर्को थप एक जना प्रतिनिधि नियुक्ति गर्न पाइन्छ वा पाइदैन ?
एक जना नवढ्ने गरी भन्सार एजेण्टको लागि तोकिएको/निर्धारण गरिएको योग्यता पुगेको व्यक्तिलाई पहिलो प्रतिनिधिका सम्बन्धमा अपनाइएको प्रक्रिया अनुसार नियुक्ति गर्न सकिन्छ तर त्यस्तो प्रतिनिधि नियुक्त गर्नको लागि भन्सार एजेण्टको इजाजतपत्र लिंदाका अवस्थामा झैं रु. सात हजार इजाजतपत्रको शुल्क वापत र रु.सातलाख रुपैया नगद वा बैंक प्रत्याभूति राख्नु पर्ने अनिवार्यता छ ।

२५.भन्सार एजेण्टको प्रतिनिधिको रुपमा नियुक्त गरिएको प्रतिनिधिको हैसियत के हुन्छ ?
निजले प्रतिनिधिको हैसियतले गरेको काम कर्तव्यको सम्पूर्ण जिम्मेवारी निजलाई नियुक्त गर्ने भन्सार एजेण्टमा रहन्छ ।
 
२६.भन्सार एजेण्टको इजाजतपत्र रद्द हुने अवस्था के के हुन् ?
१) झुठा विवरण वा कागजात पेश गरेकोमा
२) कुनै अदालतबाट फौजदारी अभियोगमा दोषी प्रमाणित भएमा

२७.कसले भन्सार एजेण्ट नियुक्त गर्न सक्दछ ?

कुनै निकासी/पैठारीकर्ता वा माल धनी स्वयं भन्सार कार्यालयमा उपस्थित भै मालवस्तु जाँचपास गर्न वा भन्सार कार्यालयसंग सम्बन्धित अन्य कार्यहरु गर्न नसक्ने भए निजले तत्सम्बन्धी कार्यहरु गर्नका लागि भन्सार एजेण्ट नियुक्त गर्न सक्ने व्यवस्था छ ।

२८.सरकारी कार्यालय वा संस्था वा निकायको हकमा भन्सार एजेण्ट सम्वन्धमा कस्तो व्यवस्था छ ?
सरकारी कार्यालय वा नेपाल सरकारको पूर्ण/आंशिक स्वामित्व भएको संस्था/निकाय रहेछ भने सम्बन्धित निकायले निर्णय गरी तोकेको कार्यालय वा संस्था वा निकायको वहालवाला कर्मचारीले भन्सार कार्यालयमा उपस्थित भै मालवस्तु जाँचपास गर्न वा भन्सार कार्यालयसंग सम्बन्धित अन्य कार्य गर्न पाउने व्यवस्था छ ।

२९.निकासी/पैठारीकर्ता प्रचलित कानून बमोजिम दर्ता भएको कुनै फर्म/कम्पनी/संगठित संस्था/निकाय रहेको हकमा कस्तो व्यवस्था छ ?
यसमा सम्वन्धित निकायको संचालक/साझेदार/कार्यकारी प्रमुख/प्रशासकीय प्रमुखले तोकेको सम्बन्धित संस्थाको अधिकृतस्तरको कर्मचारी प्रतिनिधिले भन्सार कार्यालयमा उपस्थिति भई मालवस्तु जाँचपास गर्न वा भन्सार कार्यालयसंग सम्बन्धित अन्य कार्य गर्न सक्ने व्यवस्था  छ ।

३०.निकासी/पैठारीकर्ताले भन्सार एजेण्ट नियुक्ति गर्ने प्रक्रिया कस्तो छ ?
निकासी/पैठारीकर्ता र सम्बन्धित भन्सार एजेण्टको फोटो सहितको निर्धारित फाराम भर्नु पर्दछ ।
फारामका साथ संलग्न कागजातहरुमा
१)भन्सार एजेण्टको इजाजतपत्र
२)एजेण्टको नियुक्तिपत्रमा दस्तखत गर्ने व्यक्ति आधिकारिक निकासी/पैठारीकर्ता भएको पुष्टि गर्ने प्रमाण
३)स्थायी लेखा नम्वर प्रमाणपत्रको प्रतिलिपि
४)फर्म/कम्पनी/संगठित संस्था/निकायको हकमा दर्ताको प्रमाणपत्र

३१.कुनै भन्सार एजेण्टको हकमा काम गर्न दिन स्वीकृति प्रदान नगरिएको अवस्थामा के हुन्छ ?
त्यस्तो भन्सार एजेण्टलाई काम गर्न दिन हुने नदेखिएमा त्यस्तो नियुक्तिपत्र रद्द गरी सोको लिखित जानकारी सोही भन्सार एजेण्ट मार्फत निकासी/पैठारीकर्तालाई दिनु पर्ने व्यवस्था छ ।

३२.सोही भन्सार कार्यालयमा सोही एजेण्टलाई पुनः नियुक्ति गर्दाको प्रक्रिया के छ ?
१) नवीकरण गर्नु नपर्ने प्रकृतिका कागजात पुनः पेश गर्नु पर्दैन
२) निकासी/पैठारीकर्ता प्राकृतिक व्यक्ति भए निजले नियुक्ति गरेको भन्सार एजेण्टको नवीकरण भएको इजाजतपत्र, नागरिकताको प्रमाणित प्रतिलिपि र स्थायी
३.लेखा नम्वरको प्रमाणपत्र लिने कर्तव्यको व्यक्ति भए सोको प्रतिलिपि उपलब्ध गराए पुग्दछ ।

To be Continue…….in next episode

Thank you,




Previous Post Next Post