नागरिक एपमा तपाईको नागरिकताबाट दर्ता गर्दा समस्या आए के गर्ने ? Registration Solution of Nagarik App through Citizenship No

नागरिक एपमा दर्ता गर्दा तपाईको नागरिकताबाट दर्ता गर्दा समस्या आए के गर्ने ?
====================
के तपाईले नागरिक एपमा रजिष्ट्रेशन दर्ता गर्नुभयो ? ध्यान रहोस नागरिक एपमा रजिष्ट्रेशन गर्नको लागि आफ्नो मोबाईल नं. स्वयंको नाममा हुन जरुरी छ । अब रजिष्ट्रेशनमा दर्ता गर्दा आएको समस्या कसरी समाधान गर्ने त त्यसको बारेमा बुझौं । केहि दिन अगाडि सरकारले सावैजनिक गरेको नागरिक एपको पूर्ण भर्जनमा पनि तपाईले यदि नागरिकता मार्फत यदि रजिष्टर गर्दा तपाईको नागरिकता रजिष्टर गरिएको छैन रेकर्डमा छैन भन्ने जस्ता म्यासेज सहित रजिष्टर गर्न समस्या आईरहेको छ । हुनत नागरिकता बाट रजिष्ट्रशन गर्न सकिएन भए भोटिङ्ग कार्ड नं. बाट पनि गर्न सकिन्छ । नयाँ नागरिकता लिएकाहरु जस्को नागरिकता  नेपाली र अंग्रेजीमा छ र भर्नुपर्ने विवरण कम्प्युटर टाइप गरेर नागरिकता प्रदान गरिएको छ भने त्यस्तो नागरिकता लिनेहरुको लागि यस्तो समस्या आउँदैन तर जस्को नागरिकतामा भर्नुपर्ने विवरण हस्तलिखित छ त्यस्ता नागरिकताधारिहरुले नागरिक एपमा रजिष्ट्रशन गर्ने बेलामा रजिष्ट्रेशनको समस्या आईरहेको छ । यो
समस्या लाई यसरी समाधान गर्न सकिन्छ ।
नेपाल सरकारले ७५३ स्थानिय निकायहरु्को विभाजन गरेपस्चात हरेक स्थानिय निकायको संकेतिक पहिचानको लागि एक छुट्टै कोड दिएको हुन्छ । तपाईले त्यस्तो कोड आफ्नो नगरपालिका या बडाकार्यालयमा सोधेर थाहा पाउन सक्नुहुनेछ । अव तपाईको नागरिकता नं. को पछाडि त्यो कोड ड्यासदिएर या हाइफन दिएर त्यो कोड सहित राख्नुहोेला । बास्तबमा हरेक नागरिकतानंको पढाठी ड्यास दिएर छ अंकको कोड नं. छ भने त्यो तपाईको स्थाई ठेगाना पर्ने स्थानिय निकाय कोड भनि बुझ्नुभए हुन्छ । 
------------------
यदि तपाईको नागरिकता नं. ५४३२१ छ 
यतिमै तपाई ले नागरिक एपमा रजिष्टर गर्न खोज्नुभयो भने रेकर्डमा छैन भन्ने म्यासेस आउँछ । 
अब यदि यो नागरिकता धारी उदाहरणको लागि रामेछापको मन्थली नगरपालिकाको स्थाई बासिन्दा हो र उस्को नागरिकता रामेछाप जिल्लाबाट जारि भएको हो भने उस्ले मन्थली नगरपालिकाको कोड थाहा पाउनुपर्ने हुन्छ । 
यहाँ मन्थली नगरपालिकाको कोड नं. हो –२११०३६
अब तपाईको सहि नागरिकता नं. ५४३२१–२११०३६ हुनजान्छ । नागरिक एपमा पनि नागरिकता नं. यहि देखिन्छ । यहि नागरिकता नं. स्थानिय निकायको कोड सहित हालेर रजिष्ट्रेशन गर्नुस तपाई नागरिक एपमा रजिष्टर हुन सक्नुहुनेछ । 
----------
नागरिक एप एउटा राम्रो सुरुवात हो । सरकारले भने बमोजिम सबै सुविधा यो एपबाट सुरु भयो भने करिक ४० सरकारी कामहरु यो एपबाट सजिलै गर्न सकिन्छ । आजको मितिसम्म यो एपमा निम्नानुसारको ११ सुविधाहरु लिन सकिन्छ । 
१. पान –तुरुन्त एक क्लिकमा लिन सकिन्छ । 
२. पुलिस रिपोर्ट– यसै बाट निवेदन दिन सकिन्छ । 
३. स्वास्थ्य विमाबारे जानकारी–आफ्नो विमा नं. राख्ने अनि विमाको बारेमा जानकारी दिन्छ। 
४. आफ्नो शैक्षिक योग्यता बारे जानकारी – आफै भर्नुपर्ने हुन्छ । 
५. नागरिक लगानि कोष –आफ्नो नागरिक लगानि कोषको नं. राखेर कोषमा जम्मा भएको विवरण हेर्न सकिन्छ तर हाल यो सुुविधामा समस्या देखाउँछ । 
६. संचय कोष – संचय कोषको नं. राखेर आफ्नो कोषको विवरण हेर्न सकिन्छ । 
७. सामाजिक सुरक्षा कोष – कोषको आवद्धता नं. राखेर कोषमा आफ्नो विवरण हेर्न सकिन्छ । 
८. कम्पलेन – हेलो सरकारलाई कम्लेन गर्न सकिन्छ । 
९. नागरिकता नं.सम्वन्धि विवरण – नागरिकता नं. र जारिभएको मिति र जिल्ला राखेर नागरिकताको विवरण हेर्न सकिन्छ यदि नाम गलत लेखिएको भए सच्याउन यसै अप्सनबाट निवेदन दिन सकिन्छ । 
१०. पासपोर्ट – पासपोट नं. र जन्म मिति राखेछ आफ्नो पासपोट विवरण हेर्न सकिन्छ ।
११.भोटर कार्ड विवरण– भोटिङ्ग कार्ड नं. राखेर मतदाता परिचय पत्र विवरण हेर्न सकिन्छ । 
जनकारीमा आए अनुसार आउँदा दिनहरुमा थुप्रै सुविधाहरु थप्ने तयारी नेपाल सरकारले गरेको छ । 
धन्यवाद 
नेपाली तालिम
Previous Post Next Post