आय कर बिबरण बुझाउन म्याद थप Myad Thap लिने Online प्रकृया । Request for Filing Date Extension Online




नयाँ ब्यावस्था :

म्याद थपको लागि सबमिट गरिसकेपछी स्वत केही दिनमा कर कार्यालयले तपाईको म्याद थपको आग्रह स्विकृत गरि भेरिफाई गरिदिन्छ । कर कार्यालयमा जानुपर्दैन । सबमिसन नं. टिपेर राख्नुस र भेरिफाई भयो भएन हेर्दै गर्नुस् । मेरो अनुभब भन्दा १ दिनमै भेरिफाई भैसकेको छ । फेरिफाई भैसकेपछी तपाईको केवाइटी भनुभएको सम्पर्क नं. मा जानकारी प्राप्त हुनेछ ।


आय कर बिबरण बुझाउन म्याद थप Myad Thap लिने Online प्रकृया । Request for Filing Date Extension 

#MyadThap #DateExtension #InlandRevenueDepartment 

यस भिडियोमा हामी असोज मसान्त भित्र आय विवरण बुझाउन नसक्ने करदाता जसले डे३ बुझाउनुपर्ने हुन्छ उनिहरुले म्याद थप कसरी लिने पूरा प्रकृया सहित एक उदाहरण पनि लिएर आएको छु ।

१.म्याद थप असोज मसान्त भित्र क कस्ले लिने त ?

असोज मसान्त सम्म कर विवरण बुझाई नसकेका करदाताहरुले म्याद थपको स्विकृति लिई सक्नुपर्दछ  तर यस्तो म्याद थप कर छुट प्रमाण पत्र लिएकाहरुले भने अनिवार्य असोज मसान्त भित्र आय विवरण बुझाई सक्नुपर्नेछ नत्र कर छुट प्रमाण पत्र नवीकरण गरिनेछैन । 

२.यदि असोज भित्र आय विवरण बुझाएन र म्याद थप पनि नलिएको हकमा लग्ने जरिवाना ?

निर्धारण योग्य आयको ०.१ प्रतिशत बार्षिकको दरले हुने रकम र प्रति महिनामा रु. १०० दरले जुन बढी हुन्छ सो रकम जरिवाना स्वरुप लाग्नेछ 

३.म्याद थप लिने प्रकृया यसप्रकार छ?

१. म्याद थप लिनको लागि करदाता लगइन पासवर्ड अनिवार्य चाहिन्छ । 

२. करदाताको केपाईटि भेरिफाई भएको हुनुपर्छ । 

३. प्रक्रिया

१. www.ird.gov.np मा login गर्नुहोस । 

२. Taxpayer Portal मा Click गर्नुहोस । 

३. General मा क्लीक गर्नुहोस । 

४. Taxpayer Login गर्नुहोस । 

५. Request for Filing Date Extension मा Click गर्नुहोस । 

६. आर्थीक बर्ष, बढाउने मिति र बढाउनुका कारण लेखेर Save सेभ गर्नुहोस । Submission No. आउनेछ । 

८. Submit गर्नुहोस ।

९. Submit भएको फाइल प्रन्ट गरेर Tax Office मा बुझाउनुहोस र Verify भएपछी KYT Update गरेको बखर ताखेको मोबाइलमा म्यासेज पठाउनेछ । 

१०. Verify भैसकेपछी एक कपि प्रिन्ट गरेर राख्नुहोला । 

Watch Video on YouTube 



Previous Post Next Post