सामाजिक सुरक्षा कोषमा दर्ता हुन रोजगारदाताले कसरी अनलाईन निबेदन दर्ता गर्ने Online Employer Registration Process in Social Security Fund (SSF) for Employer

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ 
योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५
सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७५













Watch the Registration process of the Employer and the Employer can register the employee.
Watch YouTube Tutorial
 

More ...
ऐनको उद्देश्य ?
श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने ।

सामाजिक सुरक्षा भनेको के हो?
पहिलोपटक यो योजना अमेरिकामा  सन् १९३३ मा ल्याइएको थियो । 

सहभागीले मात्र पाउने?
सबै किसिमको खर्च राज्यले ब्यहोर्ने देशहरुमा सरकारले नागरिकबाट कर उठाउँछ र त्यसैबाट खर्च गर्छ । करमा कसैको योगदान हुन्छ, कसैको नहुन सक्छ, तर सुबिधा पाउने बेला सबैले पाउने हुन्छ । सामाजिक सुरक्षा योजना भनेको करमा आधारित होइन । यसमा सहभागी हुने व्यक्ति मात्र लाभान्वित हुन्छन् । 

अप्ठेरो अवस्थामा सहयोग
सामाजिक सुरक्षा योजना कसैले काम गर्न पाएन वा काम गर्न नसक्ने अवस्था भयो या भइरहेको आम्दानीमा कुनै कारणले अवरोध सिर्जना भयो भने त्यो अवस्थामा सहयोग गर्न स्थापना गरिएको प्रणाली हो । काम गर्न सक्दासम्म आफैंले योगदान गर्ने र कमजोर भएको बेला त्यही योगदानबाट सहयोग लिने प्रणाली हो । कुनै पनि श्रमिक आफ्नो सेवा अवधिभर उपचार लगायतका सेवा सुविधा र सेवापछि पेन्सनको हकदार बन्ने कार्यक्रम हो ।

एक अर्कामा सहयोग हुने
सामाजिक सुरक्षा योजना भनेको सञ्चयकोष वा बचतकोष जस्तो होइन । कुनै कर्मचारीले गरेको योगदानबाट अरु कोही दुर्घटनामा परेको छ भने त्यो वर्ष त्यस्तो दुर्घटनामा परेको कर्मचारीले फाइदा लिन सक्छ । कुनैबेला कुनै दुर्घटनामा परे अरुको योगदानबाट उसले फाइदा लिन्छ । यो एक प्रकारले प्रिमियम जस्तो हो । 

कसैलाई पनि थप भार नपर्ने
जम्मा ३१ प्रतिशतभित्र कसैले थप भार व्यहोर्न पर्दैन । सञ्चयकोषमा अहिले जसरी गएको छ, त्यसरी नै जाने हो । रोजगारदाता तथा कामदारले भैरहेकोमा थप्नु पर्दैन । सञ्चयकोषको रकम अव सामाजिक सुरक्षा कोषमा सर्दछ । रोजगारदाताको २० प्रतिशत र श्रमिकको १० प्रतिशत रकम यथावत हुन्छ । त्यसमा अहिले तिरेको १ प्रतिशत कर अब सुरक्षा कोषमै थपिन्छ । पहिला यो १ प्रतिशत सरकारले लिन्थ्यो । अब रोजगारदाताले १.६७ प्रतिशत थप्नुपर्छ । यसअघि वीमाको प्रिमियम तिरिदिनुपथ्र्यो । प्रिमियमको पैसा अब सामाजिक सुरक्षामा हस्तान्तरण हुन्छ ।
पहिले र अहिलेमा फरक के भयो भने अव श्रमिकले समग्रमा बढी सुविधा पाउने भए । अहिले सामाजिक सुरक्षा योजनामार्फत सरकारले भइरहेका कोषलाई एकै ठाउमा ल्याएको हो । नयाँ खर्च यसमा केही पनि हुँदैन ।

सामाजिक सुरक्षा योजना
(क) औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, 
(ख) मातृत्व सुरक्षा योजना, 
(ग) दुर्घटना सुरक्षा योजना, 
(घ) अशक्तता सुरक्षा योजना, 
(ङ) वृद्ध अवस्था सुरक्षा योजना, 
(च) आश्रित परिवार सुरक्षा योजना, 
(छ) बेरोजगार सहायता योजना, 
(ज) कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना । 





Previous Post Next Post