रोजगारीको आय (पारिश्रमिक आय) आर्जन गर्ने ब्यक्तिगत पान लिएकाहरुले कर चुक्ता कसरी लिने ? How to Get Personal PAN Tax Clearance Certificate from IRD- Download Template

रोजगारीको आय (पारिश्रमिक आय) आर्जन गर्ने ब्यक्तिगत पान लिएकाहरुले कर चुक्ता कसरी लिने ?(How to Get Personal PAN Tax Clearance Certificate from Inland Revenue Department in Nepal)

रोजगारीको आय या पारिश्रमिक मात्र आय आर्जन गर्नेहरुको हकमा ब्यक्तिगत स्थायी लेखा नम्बर (Personal PAN : PPAN) लिनुपर्ने हुन्छ । रोजगारीको मात्र आय भएको ब्यक्तिलाई दिईने स्थायी लेखा नम्वर लाई ब्यक्तिगत स्थाई लेखा नम्बर भनिन्छ । अनलाईनमा आवेदन दिई PPAN नम्बर प्राप्त गर्न सकिन्छ । प्रमाणपत्र आवश्यक भए नागरिकताको प्रमाणपत्र सहित कार्यालयमा सम्पर्क गरी प्राप्त गर्न सकिन्छ । हाल ब्यक्तिगत स्थायी लेखा नम्बर नागरीक एप बाट पनि आफ्नो विवरण भरी तुरुन्त लिन सकिन्छ । 

त्यस्तै, पारिश्रमिक या रोजगारीको आय भन्नले तलब बापत पाएको रकम, विभिन्न भत्ताहरु, कर्मचारी संचयकोष बापत प्राप्त भएको रकम, मोटर सुविधा लिएको भए (०.५ प्रतिशत), टेलिफोन सुविधा, आवास सुविधाको (सिमा २ प्रतिशत), घरभाडा रु, अन्य जस्तै बोनस, विदा वापतको भुक्तानी आदि जे जति रोजगार दाताबाट प्राप्त हुने सुविधाहरु सबै रोजगारीको आयमा समावेश हुने आयलाई  रोजगारीको आय भनिन्छ । कर गणना गर्दा सबै लाई समाबवेश गर्नुपर्दछ । 

यसरी रोजगारीको कुल आय तय गरी नियमाअनुसार घटाउन पाउने सिमा अनुसारको रकमहरु जस्तै स्विकृत अवकास कोष कट्टी (संचय कोष, नागरीक लगानी कोष), त्यस्तै जीवन विमा वापत तिरिएको सिमा अनुसारको प्रिमियम सबै कटाएर करयोग्य आय निकाल्नुपर्दछ । 

कर योग्य आय निकालिसकेपछी करदाता विवाहित या अविवाहित हो सोही अनुरुप दम्पति या विक्तिगत छुट सिमा निर्धारण हुन्छ 
पहिलो सिमा १ प्रतिशत कर –जसम १ प्रतिशत कर लाग्छ तर यदि करदाता सामाजिक सुरक्षा कोषमा आवद्ध भए १ प्रतिशत कर लाग्नेछैन । 
दोस्रो सिमा १० प्रतिशत कर 
तेस्रो  सिमा २० प्रतिशत कर 
चौथो सिमा ३० प्रतिशत कर
बाँकीमा जम्मा लाग्ने कर ३६ प्रतिशत कर गनण गर्ने 
र औसधी उपचार बापतको मिलान गर्न पाउने लागेको खर्चमा ७५० सम्मको मिलान गरि खुद लाग्ने कर निकाल्ने । 

यति विवरण भरि सकेपछी, माथि उल्लेखित गरेको ब्यहोरा ठिक साँचो हो । यस बाहेक मेरो र मेरो परिवारको नाममा अन्य आय छैन । गलत ठहरे कानुन बामोजिम सहुँला बुझाउँला भनि निवेदकले आफ्नो नाम र पान नं. लेखी सहि छाप गर्ने र उल्लेखित कागजात हरु समेत संम्लग्न गरी कर कार्यालयमा बुझाउने । 

विवरण हेरेर कर कार्यालयले ब्यक्तिगत स्थायी लेखा नम्वर लिएकाहरुलाई ब्यक्तिगत कर चुक्ता प्रमाणपत्र प्रदान गर्नेछ । 

कर चुक्ताको निवेदन सँग संलग्न गर्नुपर्ने कागजातहरु यस प्रकारछन् । 
  • पारिश्रमिक अग्रिम कर कट्टी सम्वन्धी संस्थाको पत्र सम्लग्न छ छैन । 
  • रोजगारीदाताबाट प्रमाणित वार्षिक तलब भत्ताको विवरण सम्वन्धी संस्थाको पत्र संलग्न छ छैन । 
  • विमा प्रिमियम भुक्तानी सम्वन्धी कागजात संलग्न छ छैन । 
  • औषधी उपचार खर्च मिलान भए सो सम्वन्धी कागजात संलग्न छ छैन ।
  • अन्य कुनै कुरा भए खुलाउने ...... ।

Template Download of Request Letter: Click Here
Template Download of Salary Sheet: Click Here


निवेदनका ढाँचा यसप्रकार छन् ।




































धन्यवाद । 

tax clearance certificate
personal pan tax clearance,
tax clearance,
how to get a tax clearance certificate,
personal tax payer's tax clearance certificate,
get tax clearance certificate of your personal pan,
personal income tax,
clearance,
how to print tax clearance certificate online in nepal,
how to obtained personal tax clearance certificate from ird,
ird tax clearance,why tax clearance,
tax clearance in nepali,tax clearance form nepal,
tax clerance
Previous Post Next Post