आईपिओ नतिजा हेर्नको लागि अव सिडिएसले ल्यायो आफ्नै वेवसाईट (CDSC released new Website to Check IPO Result)

 
 
मिति २०७७ फाल्गनु १५, शनिबार,

आईपिओ नतिजा अब सिडिएसको आफ्नै वेवसाईटमा हेर्न सकिने पछिल्लो समय आइपिओको नतिजा निजी वेवसाईटहलाई वितरण नगर्ने निर्णय सिडिएसले गरेपछि पछिल्लो जारि भएको महिला लघुवित्तको सेयर अलटमेन्ट नतिजा हेर्न धेरै गाह्रो परेको थियो । नतिजा प्रकाशन भएलगतै सबैले एकै पल्ट हेर्न खोज्दा साइटमा धेरै ट्राफिकको कारण करिब १४ घन्टा सम्म पनि आइपिओ भर्नेहरुले नतिजा हेर्न सकेका थिएनन । सर्बसाधारणबाट धेरै गुनासो आएपछी अब सिडिएसले आज २७ फेब्रुअरी २०२१ मा आफ्नै नयाँ वेबसाईट सार्वजनिक गरेको छ । अबदेखि आईपिओ नतिजा हेर्नको लागि आईपिओ रिजल्ट डट सिडिएससी डट कम डट एनपि लगइन गरेर आफ्नो डिम्याट नं. राखेर सजिलै अलोटमेन्ट नजिता हेर्न सकिने छ । 
 
 

नजिता हेर्नको लागि वेबसाईटमा गएर आफ्नो सोह्र अंकको विओआईडी अर्थात डिम्याट नं. राखेर सर्च गरेपछी परेको नपरेको थाहा पाउन सकिनेछ ।


धन्यवाद 

Previous Post Next Post